कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको छ ।  आज शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्यधिक बहुमतबाट विजय हासिल गर्ने बताउनुभयो । उहाँले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्देनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताउनुभयो ।

अध्यक्ष थापाले शीर्ष नेताहरू सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले चुनाव जित्ने दाबी गर्नुभयो । उहाँले पार्टीमा युवा नेतृत्व आउनु शुभ सङ्केत भएको बताउँदै आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्न, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्न र आउँदाे चुनावमा पार्टीलाई सम्मानजनक सफलता हासिल गराउन नेतृत्वका लागि पुनः उम्मेदवारी मनोनयन दर्ता गराएको बताउनुभयो । 

अध्यक्ष थापाले अब आफू नेतृत्वमा चुनिएपछि नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने बताउनुभयो ।

मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्देनले कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा, पद प्राप्त गर्ने आकाङ्क्षाले उम्मेदवारी नदिएको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रूपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताउनुभयो ।

अध्यक्षका उम्मेदवार लिङ्देनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताका लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानविन्दु हुने बताउनुभयो । उहाँले आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दुराष्ट्रवादीहरूलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आउँदाे चुनावमा पार्टीलाई बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धता जनाउनुभयो ।

पार्टीको निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समय अवधिभित्र अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठ रहनुभएको छ भने जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यस्तै महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP