Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आठ लाख ७० हजार क्रियाशील सदस्यसहित काँग्रेस पहिलो

अशोक अधिकारी, काठमाडौँ, । केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् । नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना सशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटिरहँदा क्रियाशील सदस्यता वृद्धिसँगै वडा र पालिकाहरूमा पनि पार्टी नयाँ नेतृत्व चयन गरिएको छ । पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु-याउँछ ।”

कार्यकर्तामा काँग्रेस धनी
नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ । महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ । कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । शर्माले गोरखापत्रसँग भन्नुभयो, “नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजारभन्दा बढी भएको छ । यो सङ्ख्या नयाँ र पुराना क्रियाशील सदस्यसहितको हो ।”

काँग्रेसले क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ । शर्माका अनुसार, आठ लाख ४० हजार १०६ क्रियाशील सदस्यको नामावली वेबसाइटमा राखिएको छ । बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको छ ।

उहाँले भन्नुभयो, “अझै केही जिल्लाको क्रियाशील सदस्यको सूची वेबसाइटमा राख्ने काम भइरहेको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट पनि क्रियाशील सदस्यको सूची प्राप्त हुँदै छ । क्रियाशील सदस्य सङ्ख्या अझै बढ्न सक्छ ।” काँग्रेसमा युवाको आकर्षण पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ । क्रियाशील सदस्यहरूमा १६ देखि २५ वर्ष उमेर समूहका ५ प्रतिशत र २६ देखि ४० वर्षसम्म उमेर समूहका झन्डै ३० प्रतिशत क्रियाशील सदस्य छन् ।

एमालेको आठ लाख
नेकपा (एमाले)ले १०औँ महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको प्रक्रिया चलिरहँदा एमालेले अध्यावधिक गरेको तथ्याङ्कमा पार्टीका सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको दाबी गरिएको छ । एमाले सचिव योगेश भट्टराईले पार्टी फुटको असर खासै नपरेको बताउनुभयो । उहाँले पार्टीमा युवाको प्रतिनिधित्व वृद्धि भएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेकपा एमालेमा सङ्गठित सदस्यको सङ्ख्या आठ लाख ५५ हजारभन्दा बढी छ । त्यसमा पनि ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ । झन्डै ५० प्रतिशत युवा सङ्गठित सदस्य रहेका छन् ।”

माओवादीका साढे सात लाख
नेकपा (माओवादी केन्द्र)ले पनि सङ्गठन विस्तार तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा तहदेखि नै सङ्गठन निर्माण गरिरहेको छ ।
माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले पार्टीका सङ्गठित सदस्य सात लाख ५० हजार पुगेको बताउनुभयो । उहाँले थप ५० हजार सङ्गठित सदस्य थपिने बताउनुभयो । विक्रम संवत् २०७५ देखि ०७८ सम्मको चलेको पार्टी एकता र केही क्षेत्रको सङ्गठित सदस्यहरूको तथ्याङ्क अध्यावधिक हुन बाँकी रहेको ढकालले बताउनुभयो ।

मुख्यसचिव ढकालले भन्नुभयो, “एमालेसँग एकतापछि सङ्गठन अस्तव्यस्त भएको थियो । त्योभन्दा अगाडि हाम्रो पार्टीमा सङ्गठित सदस्य सङ्ख्या तीन लाखभन्दा बढी थियो । विभिन्न राजनीतिक दल र सङ्गठनहरूसहित ४५ वटा समूहसँग पार्टी एकता भयो । राष्ट्रिय सम्मेलनमार्फत सबै सदस्यलाई व्यवस्थापन गर्दा सङ्गठित सदस्य सङ्ख्या सात लाख ५० हजार पुगेको हो ।”

एक वडा एक हजार : समाजवादी
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादीले ‘एक वडा एक हजार पार्टी सदस्य र एक सय सङ्गठित सदस्य’को अभियान सञ्चालन गरिरहेको छ । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन निर्माणका लागि तीनमहिने अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकृत समाजवादीमा झन्डै तीन लाख सङ्गठित सदस्य अहिले पनि छन् । हामी तीनमहिने अभियानमार्फत छ लाख सङ्गठित सदस्य पु¥याउने लक्ष्यका साथ हामी वडा–वडामा पुगिरहेका छौँ ।’

राप्रपाले सङ्गठन विस्तार गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारमात्रै नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको सङ्गठन बलियो बनाउन अभियान थाल्ने बताउनुभयो ।
गोरखापत्रसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो, “राप्रपाको देशभरि रहेको सङ्गठनमा अहिले एक लाख ५० हजार सदस्य छन् । साङ्गठनिक संरचना सुदृढ गर्नका लागि अभियान सञ्चालन गर्न नयाँ नेतृत्व प्रतिबद्ध छ ।”

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP