Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेस शीर्ष नेता गुटगत छलफलमा, संस्थापन र इतर पक्षको छुट्छुट्टै बैठक

काठमाडौं : पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवारी टुंगो लगाउन छलफलमा व्यस्त छन्। हिजो दिनभर छलफल गरेका संस्थापन र इतर पक्ष आज पनि आन्तरिक छलफलमा जुट्दैछन्। सभापतिमा दोहोरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्यानलबाट उठ्ने पदाधिकारी चयन गर्दै छन्। त्यसैका लागि उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुको बैठक राखेका छन्।  बैठकले पदाधिकारीका उम्मेदवार टुंग्याउने बताइएको छ। 

दुईजना उपसभापतिमा देउवा पक्षबाट ४ नेताले दाबी गरिरहेका छन्। तीमध्ये विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्कालाई मुख्य दाबेदार मानिएको छ।  यद्यपि  प्रदेशमा सहकार्य गरेका कृष्ण सिटौलालाई पनि उपसभापतिको उम्मेदवार बनाउने देउवाले तयारी गरेका छन्। सिटौलाले उपसभापति बस्न नमाने उनी पक्षका एकजनालाई महामन्त्री दिने तयारी रहेको देउवा निकट नेताहरुको भनाइ छ। संस्थापन पक्षबाट महामन्त्रीमा हाल सह–महामन्त्री रहेका डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्माले दाबी गरेका छन्। 

यस्तै सभापतिको साझा उम्मेदवार छान्न संस्थापन इतर पक्ष आज पनि छलफलमा जुट्दैछ। हिजो दिनभरको छलफलले निष्कर्ष निकाल्न नसकेपछि आज फेरि छलफल गर्न लागिएको हो। नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा हिजो बसेको बैठकमा महामन्त्री डाक्टर शशाङ्क कोइारालाले अरु तीन जना नेता मिलेमा आफू पद छाड्न तयार रहेको बताएका थिए। तर नेता सिंहसहित रामचन्द्र पौडेल र डाक्टर शेखर कोइरालाले आफ्नो दाबी छाडेका छैनन्। उनीहरु तीनजना मध्येबाट आज साझा उम्मेदवार घोषणा गरिने वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। 

नेताहरुले आज बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको नेता पौडेलको भनाइ छ। 

कांग्रेस महाधिवेशन पर्सि शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP