Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियो बार्सिलोना

काठमाडौं :  पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना जारी सिजन समूह चरणबाटै बाहिरिएको छ। च्याम्पियन्स लिग अन्तर्गत जित्नै पर्ने खेलमा बुधबार बार्यन म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना समूह चरणबाट बाहिरिएको हो।

बार्सिलोना १७ वर्षमा पहिलो पटक नकआउट चरण पुग्न असफल भयो। समुह ‘इ’ बाट बार्यन म्युनिख र बेनीफिकाले अघिल्लो चरणमा स्थान बनाए। बार्सिलोनो पछिल्लो पटक २००३-०४ को सिजनामा क्वालिफाइ हुन सकेको थिएन।

बार्सिलोनालाई नकआउटमा पुग्नाका लागि बेनफिकाको परिणाम आवश्यक थियो। तर पोर्चुगिज क्लबले डायनामो कीभलाई घरेलु मैदानमा २-० ले पराजित गर्दै उसले जाभि प्रशिक्षणमा रहेको बार्सिलोनालाई तेस्रो स्थानमा धकेल्दै दोस्रो स्थानमा उक्लिन बेनिफिका सफल रह्यो।

बार्यन म्युनिखले शतप्रतिशत नतिजा निकाल्ने क्रममा रोबर्ट लेवान्डोस्किको क्रसमा थोमस मुलरले हेड गर्दै पहिलो गोल गरे। म्यानचेस्टर सिटीका पुर्व स्ट्राइकर लेरायो सानेले १० मिनेट पछिनै कोमनको पासलाई सदुपयोग गर्दै टीमको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २ गोलको अग्रता बनाएको बार्यनले दोस्रो हाफमा थप एक गोल गर्‍यो। जमाल मुसियालले ।। तेस्रो गोल गरे। उनले अल्फासो डेभिसको पासलाइ सदुपयोग गरे।

पहिलो हाफमा गोलरहित रहेको अबस्थामा बार्सिलोनाका लागि गोलको मौका थियो। जोर्डी अल्बाको पासलाई गोल रक्षक म्यानुअल नुएरले बचाए। पाएको बललाई डेम्बेलेले चुकाए। ह्यामिस्ट्रिङका कारण अल्बा लामो समय मैदानम रहन भने सकेनन्। बार्यन सतप्रतिशत नतिजा सहित समुह विजेता बन्दा बेनिफिका भने आठ अंकका साथ दोस्रो स्थानमा रहँदै नकआउट प्रवेश गर्‍यो। बार्सिलोनाको भने ७ अंक मात्रै भयो।

बार्सिलोनाले सिजनको सुरुवातमा वितिय समस्याको कारण देखाउँदै आफ्ना स्टार स्ट्राइकर लियोनेल मेसीलाई जबर्जस्त क्लबबाट बाहिर पठाएको थियो। आधा मुल्यमा पनि मेसीलाई अनुबन्धन गर्न नसकेपछि बार्सिलोनाको निरासाजनक यात्रा जारी छ। मेसी भने पिएसजीबाट ब्यबसायिक फुटबल खेलीरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP