Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दुर्गाप्रसादलाई तत्काल आठ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

इलाम : ४० वर्ष भारतीय जेलमा बिताएका इलामको माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति रकम पाउने भएका छन्। 

कलकत्ता उच्च अदालतले ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलाम लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपुर्ति दिन बुधबार आदेश दिएको हो। न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई आठ लाख (पाँच लाख भारतीय रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको  छ। 

उच्च अदालतले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको उनको मुद्दा हेर्दै गरेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिए।

हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई  गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो। बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएका थिए।

तिम्सिनालाई  जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए। ‘लामो लडाइँपछि आज दुर्गाप्रसादले थोरै भए पनि क्षतिपूर्ति पाएका छन्। यो सकारात्मक कुरा हो’, विश्वासले भने।

चार दशक लामो जेल जीवन बिताएका तिम्सिनाको घरमा आर्थिक अवस्था कमजोर छ। परिवार र समाजसँग घुलमिल हुन उनलाई समस्या भएपछि केही महिनाअघि माई नगरपालिका र मानवअधिकार मञ्च इलामको सहयोगमा उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको उनका भतिजा गोपाल तिम्सिनाले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP