Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

युरोपा लिगको समूह चरणबाटै बाहिरियो लेस्टर सिटी

एजेन्सी :​ इंग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको  समूह चरणबाटै बाहिरिएको छ।  बिहिबार जित्नै पर्ने खेलमा लेस्टर इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरियो। नापोली भने समूह ‘सी’  बाट उप विजेताको रुपमा नकआउटमा प्रवेश गर्न सफल भयो।

यो समूहबाट रसियन क्लब स्पारटाक मस्को विजेता बन्दै अघिल्लो चरणमा स्थान बनाइसकेको छ। स्पारटाक र नापोलीको समान १० अंक नै रहेपनि स्पारटाक हेड टु हेडमा अघि रह्यो।

लेस्टर सिटीविरुद्ध नापोलीको घरेलु मैदानमा भएको खेलमा चौथो मिनेटमा नै एडाम ओउनासले टोलीलाई अग्रता दिलाएका थिए। घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गर्ने क्रममा २४औं मिनेटमानै नापोलिले इल्जिफ इल्मासको गोलबाट अग्रता दोब्बर बनायो।

तर पहिलो हाफमानै खेलमा पर्कने क्रममा २७औं मिनेटमा जोनी इभान्सले लेस्टरलाई २-१ को अवस्थामा ल्याए। पहिलो हाफमा नै बराबरी गर्ने क्रममा ३३ औं मिनेटमा काइरनान डिउसवुरी हलले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

तर लेस्टर दोस्रो हाफमा पुन पछि पर्‍यो। ५३औं मिनेटमा इल्जिफ इल्मासले ब्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गरेपछि लेस्टर खेलमा फर्कन सकेन। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नापोलीले खेल ३-२ ले आफ्नो पक्षमा पार्न सफल भयो। लेस्टर ८ अंक जोडेर समुहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP