‘ए’ डिभिजन लिग : सातदाेबाटाे र एनआरटी तथा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब खेल्दै

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो चरणको दोस्रो खेलमा आज दुई खेल हुँदैछन् । आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् ।

दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी खेल्नेछन् । यस्तै बेलुकी पौने ५ बजे हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लब खेल्नेछन् ।

सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने एनआरटी दुई अङ्क जोडेर तालिकाकाे ११ औँ स्थानमा रहेको छ । यस्तै, हिमालयन शेर्पा ३ खेलमा दुई अङ्क जोडेर १० औं स्थानमा रहँदा  मच्छिन्द्र ७ अङ्कसहित चौथो स्थानमा छ । 

यसअघि हिजो भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्सलाई २–० ले हराएको थियो भने त्रिभुवन आर्मी क्लबले  च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP