Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर : लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। झोपडी भत्काउदै गर्दा भाग्ने क्रममा शनिबार राति हात्तीले आक्रमण गरेको आरक्ष संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए। आक्रमणबाट घाइते भएका रानालाई स्थानीयले राति नै उपचारका लागि बेलौरीस्थित अस्पताल पु¥याउँदा मृत्यु भएको हो।

‘हात्ती आएको थाहा पाउने वित्तिकै परिवारका सबै जना भागेछन्,’ भण्डारीले भने, ‘खगिराज भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोडेछ। अस्पताल पुरयाउदा ज्यान गयो।’ हात्तीले आक्रमण गरी मृत्यु भएका रानाका छोरा भारतमा रोजगारीका लागि गएका छन्। शिवरमा उनकी श्रीमती, बुहारी र नातीनतिना बस्दै आएका छन्।

हात्तीले शिविरका २० वटा झोपडी समेत भत्काइदिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति साढे ८ बजे छावासहितका १५ वटाभन्दा जंगली हात्तीको बथान शिविरमा छिरेको भण्डारीको भनाइ छ। हात्तीले झोपडी भत्काउन शुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर होहल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको उनले बताए।

शिविर सहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडा अध्यक्ष फुलाराम चौधरीले बताए। हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय त्रसित भएका छन्। गत महिना मात्रै हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ का एक दम्पतीको मृत्यु भएको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP