
काठमाडौं : बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टिमको घोषणा भएको छ।
१२ सदस्य नेपाली राष्ट्रिय महिला टोलीको नाम सार्वजनिक हुँदा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा त्रिभुवन आर्मी क्लबकी कृपा अधिकारी र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका छन्।
करिब एक महिनाको प्रशिक्षण पछि बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका १२ सदस्यीय राष्ट्रिय महिला टोलीको नाम नेपाल भलिबल संघले सार्वजनिक गरेको छ।
जसमा केही अनुहारले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा एक नयाँ अनुहारको नाम टोलीमा थपिएको छ। केही अनुभवी खेलाडीसहित मुख्य प्रशिक्षक जगदिश भट्टले १२ खेलाडीलाई समावेश गर्दै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा तयारीलाई तिब्रता दिइरहेका छन्।
अघिल्लो संस्करणको च्याम्पियन भएको नाताले नेपाललाई उपाधि रक्षा गर्नुछ। सो अनुसार टोलीले कडा मिहिनेत गरिहेको छ। कोरोना महामारीका कारण तय भएका केही प्रतियोगिता स्थगित भएसँगै लामो समय पछि कोर्टमा फर्किएका खेलाडीमा सुरुआती चरणमा फिटनेस समस्या देखिए पनि अहिले टोली लयमा फर्किएको नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले बताए।
आइतबार सार्वजनिक गरिएको टोलीमा अघिल्लो संस्करणमा उपाधि जित्दाको भन्दा बलियो टोली भएको प्रशिक्षक भट्टले दाबी गरे। प्रतियोगितामा सहभागी टोलीको स्तर नेपाली टोलीको जत्तिकै भएकाले पुनः एक पट नेपाललाई स्वर्ण दिलाउन सकिने मुख्य प्रशिक्षक भट्टले बताए।
त्यसका लागि टोलीमा भएका कमिकमजोरीलाई सुस्म अध्ययन गरेर सुधारकालागि वर्कआउट भइरहेको प्रशिक्षक भट्टले बताए। डिसेम्बर २१ देखि २९ सम्म हुने प्रतियोगिता नेपालसहित माल्दिभ्स, श्रीलंका, आयोजक बंगलादेश, किर्गिस्तानले सहभागिता जनाउँदैछन्।
नेपाली टोलीकी कप्तान अरुणा शाहीले महिना दिनको प्रशिक्षण राम्रो भइरहेको बताइन्। टोलीको लक्ष्य उपाधि जित्ने भएकाले टोलीलो उपाधिलाई नै लक्ष्य बनाएर अभ्यास गरिहेको बताए।
नयाँ र पाँका खेलाडीको संयोजनबाट टोलीले राम्रो पर्दशन गर्ने अरुणाले बताइन्। नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुदमा राम्रो गर्दै प्रशंसा पाएको नेपाल डिफेन्डिङ च्याम्पियन भएकाले राम्रो तयारी गर्नुको विकल्प छैन।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया