Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाण्डाै छाड्ने मुख्य नाकाहरुमा भिड : बाहिर जाने बढे, आउने घटे

काठमाण्डाै – काठमाण्डाै छाड्ने मुख्य नाकाहरुमा यात्रुको भिड लागेको छ ।

भक्तपुरको जगाती, काठमाण्डाैको मुड्खु, नागढुंगा र दक्षिणकाली नाका हुँदै उपत्यका छाड्नेको संख्या बढेपछि भिड भएको हो । सरकारले साेमबारदेखि लामो दूरीका गाडी चल्न नदिने निर्णय गरेकाले रातिदेखि नै गाडी निश्चित गन्तव्यका लागि छुटेका छन् ।

कोरोना भाइरसको जोखिमका कारण काठमाण्डाै छाड्नेको संख्या झनै बढेको छ भने आउनेको संख्या घटेको छ । सरकारले रुट इजाजत खुला गरेसँगै काठमाण्डाैबाहिर जाने गाडी र यात्रुको संख्या अझै बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएको २० हजार १ सय ५ वटा गाडीमा १ लाख ३० हजार ८ सय २२ जना काठमाण्डाै बाहिर गएका छन् भने १४ हजार ४ सय ५७ गाडीमा ६३ हजार ३ सय ११ जना काठमाण्डू आएका छन् ।

यसअघि हिजो १८ हजार ५ सय ५४ वटा गाडीमा १ लाख ८ हजार ४ सय ५८ जनाले काठमाण्डू छाडेका थिए भने १५ हजार १ सय ४० वटा गाडीमा ८३ हजार १ सय ३९ जना काठमाण्डू आएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP