Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

च्याम्पियन्स लिगको प्रि-क्वार्टरमै रोनाल्डो-मेसी भिडन्त

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको प्रि-क्वार्टर फाइनलमा नै भिड्ने भएका छन्। यो खेललाई मेसी भर्सेस रोनाल्डो भिडन्तका रुपमा समेत हेरिनेछ।

नियोनमा मंगलबार भएको ड्रअनुसार समूह एफ  को विजेता म्यानचेस्टर युनाइटेडले समूह ए को उपविजेता पिएसजी प्रतिद्वन्द्वी पाएको हो। यो भिडन्तसँगै अहिले फुटबल जगतमा सर्वाधिक फ्यान फलोइङ भएका दुई खेलाडी पोर्चुगाली क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसी फेरि एकपटक आमने–सामने हुँदै छन्। दुवै जना यस पटक नयाँ क्लबबाट एक-अर्काविरुद्ध मैदानमा उत्रिनेछन्।

यस्तै साविक विजेता चेल्सीले फ्रान्सेली क्लब लिलविरुद्ध प्रतिस्पर्धा गर्दा च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनी क्लब रियाल मड्रिडले पोर्चुगाली क्लब बेनिफिकाको सामना गर्ने छ।

त्यस्तै इंग्लिस क्लब लिभरपुलले अष्ट्रियाको क्लब साल्जवर्गसँग भिड्दा अर्को इंग्लिस जाइन्ट म्यानचेस्टर सिटीले स्पेनी क्लब भिलारियलसँग खेल्नेछ।

जर्मन क्लब बायर्न म्युनिखले स्पेनी क्लब एट्लेटिको मड्रिड प्रतिद्वन्द्वी पाउँदा इटालेली क्लब युभेन्ट्सले पोर्चुगाली क्लब स्पोर्टिङ सिपीसँग प्रि-क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछ। यस्तै अर्को इटालेली क्लब इन्टर मिलानले डच क्लब आयाक्ससँग खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP