Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वीरगञ्जमा अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

पर्सा : अस्पतालबाट निस्किएका फोहोर व्यवस्थापन गर्न वीरगञ्ज महानगरपालिका-१६ नगवा गाउँमा निर्माण गरिएको ‘ग्रीन हस्पिटल मेनेजमेन्ट सेन्टर’ सञ्चालनमा आएको छ। ६ करोड २२ लाख ७७ हजार ९८१ रुपैयाँमा निर्माण भएको सेन्टरको सोमबार महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका छन्। गत असार १५ गते नै निर्माण सम्पन्न भए पनि सेन्टरको हस्तान्तरण लगायतको प्रकृयाले उद्घाटन र सञ्चालनमा विलम्ब भएको महानगरको योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीले बताए।

वीरगञ्जका दुई दर्जनभन्दा बढी अस्पताल र दर्जनौं क्लिनिकबाट निस्किने फोहोर उक्त केन्द्रमा व्यवस्थापन गरिने बताइएको छ। सेन्टरमा दुई वटा ‘अटो क्लेव’ तयारी अवस्थामा राखिएको छ। सेन्टरमा अत्याधुनिक प्रविधि जडान गरिएको महानगरपालिकाले दाबी गरेको छ।

यहाँ जडान गरिएका अटो क्लेव नेपालकै सबैभन्दा ठूलो साइजको भएको सो जडान गर्ने कम्पनी अमृत जलुकेनी जेभीका प्रतिनीधि नवराज खड्काले बताए। अटो क्लेबको एउटाको साइज ३५१ लिटर क्षमताको रहेको उनले बताए।

त्यसै गरी एकै दिन ४ टन फोहोर प्रशोधन गर्न सक्ने २१ किलोको वासिङ मेसिन पनि सेन्टरमा जडान गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ। भविष्यलाई पनि लक्षित गरी थप फोहोर उत्सर्जन भए त्यसलाई स्टोर गरी पुनः व्यवस्थापन गर्ने पूर्वाधारसहितको सेन्टर बनाइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले बताए।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट वीरेन्द्र प्रधानले यस क्षेत्रका अस्पतालहरुबाट निस्किएका फोहोर व्यवस्थापनमा गर्ने सेन्टर बनाउनु राम्रो काम भएको बताए। २०७७ मंसिर २५ गते सम्झौता भएको सेन्टरको निर्माण कार्य गत असार १५ मा सम्पन्न भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP