Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

संसद् सुरु गराउन एमालेसँग वार्ता गर्न चाहन्छौँ : कानुनमन्त्री बडू

काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले संसद् सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनुभएको छ । 

सत्तारुढ कांग्रेस नेतासमेत रहनुभएका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढ्न सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताउनुभएको हो । 

आज मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले अत्यावश्यक विधेयक भने एमालेका विरोधका बीच पनि सरकारले अघि बढाउने स्पष्ट पार्नुभयो । कानुनमन्त्री बडूले नागरिकलाई पीडावाेध भइरहेको नागरिकता ऐन, सङ्घीय निजामती सेवा ऐनजस्ता अत्यावश्यक विधेयक भने सहजै ढङ्गले अघि बढ्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘समय अभावका कारणले संसद् सुरु गर्नका निमित्त प्रमुख प्रतिपक्ष दलसित औपचारिक, अनौपचारिक रूपमा छलफल, समझदारी गर्ने हाम्रो चाहना हो । सहमतिको सम्भावना, वार्ता र संवादको सम्भावना सधैँ रहन्छ । अहिले पनि छ । हामी त्यसलाई उपयोग गर्न चाहन्छौँ । उहाँहरूसँग सल्लाह गरेर थप कार्यक्रम अगाडि बढाउँछौँ । ’

मन्त्री बडूले आजदेखि सुरु भएको हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले अत्यावश्यक विधेयक अघि बढाउनुको विकल्प नभएको बताउनुभयाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP