Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

करेन्ट लागेर पानीमा बेपत्ता भएका गङ्गा बहादुरको शव भेटियो

पर्वत : निर्माणाधीन मध्य मोदी जलविद्युत आयोजनामा काम गर्दै करेन्ट लागेर पानीमा बेपत्ता भएका पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका ३२ वर्षीय गंगाबहादुर नेपालीको शव फेला परेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका–५ मा बस्दै आएका नेपालीलाई मोदी गाउँपालिका–२ मा रहेको जलविद्युत आयोजनामा काम गरिरहेको अवस्थामा सोमबार बिहान करिब ११ बजे करेन्ट लागेको थियो।

पानीको ओभरफ्लो फाल्ने ठाउँ टेल लेसमा काम गर्ने क्रममा करेन्ट लाग्दा नेपाली पानीमा डुबेका थिए। उनको उद्धारको लागि प्रहरी निरीक्षक प्रदीप पौडेल र प्रहरी चौकी देउपुर, पर्वतबाट प्रहरी नायव निरीक्षक भरत गौतम सहितको टोली घटनास्थलमा पुगेको भए पनि उनी भेटिएनन्।

अवस्था अज्ञात रहेपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, बिपद ब्यवस्थापन कार्यालय बागलुङबाट प्रहरी नायव निरीक्षक टिकेन्द्र थापा र सशस्त्र प्रहरी निरीक्षक पुरनप्रसाद न्यौपानेको कमान्डमा झन्डै ६५ जना प्रहरी परिचालन भएको थियो।

मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रदीप पौडेल सहितको टोलीले घटनास्थलमा पुगेर खोजी गर्दा नेपालीको शव घटना भएकै टनेलमा फेला परेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP