Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। नगरपालिकाले विगत दुई वर्षभित्र सञ्चालन गरेका पाँच लाखभन्दा माथिका योजनाको बारेमा अख्तियारले अनुसन्धान थालेको हो।

स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको गुनासो एवं उजुरी बढेपछि अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयको विशेष टोलीले मंगलवार चाँगुनारायण नगरपालिकाका योजनाको कागजपत्र नियन्त्रणमा लिएको हो। टोलीले योजनाको लागत इष्टमेट, कार्यान्वयन पक्ष, भुक्तानीको प्रक्रियाको विस्तृत अनुसन्धान गर्ने जनाएको छ। यस्तै गरी नगरपालिकाको खरिद प्रक्रियाका बारेमा पनि अनुसन्धान गर्ने अख्तियारले जनाएको छ।

नगरपालिकामा अख्तियारको टोलीले छानबिन गरेको पुष्टि गर्दै नगरप्रमुख सोमप्रसाद मिश्रले टोलीलाई आवश्यक सहयोग गर्ने बताए। टोलीले विभिन्न योजनाका कागजपत्र माग गरेको र सो अध्ययन गरी सम्बन्धित निकायका कर्मचारीसँग सोधपुछसमेत गरिरहेको नगरप्रमुख मिश्रले जानकारी दिए।

‘अख्तियारको टोली बिहानैदेखि अनुसन्धान गरिरहेको छ। टोलीलाई मेरै कार्यकक्षमा राखेको छु,’ उनले भने। अख्तियारको टोली नगरपालिकामा एक हप्ता रहने जानकारी पाएको नगरप्रमुख मिश्रले बताए।

‘टोलीले स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको जनगुनासो बढेपछि अख्तियारले स्थानीय तहमा योजना कार्यान्वयनको अवस्था, भुक्तानी र खरिद प्रक्रियाका बारेमा विस्तृत अध्ययन गर्ने उद्देश्यले अनुसन्धानका लागि आएका हौं भनेर जानकारी दिएको छ,’ नगरप्रमुख मिश्रले भने, ‘बाँकी अनुसन्धानको पाटो सकिएपछि थाहा होला।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP