साफ यु-१९ महिला फुटबल : आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं : बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंकाबीचको खेल बुधबार दिउँसो पौने ३ बजे ढाकामा हुनेछ।

नेपाल पहिलो जितको खोजीमा मैदानमा उत्रँदैछ। यसअघि नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ। श्रीलंका अंकविहीन रहेको छ। श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन।

यसअघि श्रीलंका भुटान र भारतसँग पराजित भएको थियो। च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ। राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP