
एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा बलियो बन्दै गएको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडको पोस्टमा सात गोल गरेको छ। अंक तालिकामा शीर्षस्थानमा रहेको सिटीले आफ्नो प्रभावशाली जित यात्रा जारी राख्ने क्रममा लिड्स माथि ७-० को एकतर्फी जित निकाल्यो। जितसँगै सिटीले दोस्रो स्थानको लिभरपुलभन्दा शीर्ष स्थानमा चार अंकको अंक दूरी कायम गर्न सफल भयो।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा बेल्जियमका स्टार केभिन डि ब्रुएन चम्किएपछि सिटीले एकपछिय जित निकाल्यो। डि ब्रुएनले २ गोल गर्दा फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महारेज, जोन स्टोन्स र नाथनले समान १-१ गोल गरे। लिड्समाथि हावि हुने क्रममा सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको थियो।
जितसँगै शीर्षस्थानमा रहेको सिटीको १७ खेलबाट ४१ अंक बनाएको छ। एक खेल कम खेलेको लिभरपुल ३७ अंकका साथ सिटीलाई पछ्याइरहेको छ। पराजित लिड्स १६ अंक जोडेर १६औं स्थानमा रहेको छ।
एस्टन भिल्ला विजयी
मंगलबारनै भएको अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २-० ले पराजित गर्यो।
एस्टन भिल्लाको जितमा ज्याकोव राम्सी र ओले वाट्किन्सले गोल गरे। स्टेभन जेराडको प्रशिक्षणमा रहेको एस्टन भिल्ला लिगमा आफ्नो रवाफ कायम गर्ने ध्याउनमा रहेको छ। जितसँगै भिल्ला १७ खेलबाट २२ अंक जोडेर नवौं स्थानमा रहेको छ। पराजित नर्विच १० अंक जोडेर पुछारमा रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया