Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री केसी

नवलपरासी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले नागरिकलाई समृद्धिको अनुभूति गराउन काम गरिरहेको बताएका छन्। साथै उनले संघीयता पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको १५ शय्याको अस्पतालको भवन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले नागरिकले अनुभूति गर्न नसके संघीयता धरापमा पर्ने बताए।

भारतीय सीमाक्षेत्र नजिकका नागरिकको जीवनस्तर फेरिन नसकेको बताउँदै त्यसका लागि स्थानीय तहले विशेष योजना बनाएर जनपक्षीय काम गर्नुपर्ने उनले बताए।

पाल्हीनन्दन गाउँपालिकाले सुविधा सम्पन्न अस्पताल भवन उद्घाटन गरेसँगै स्थानीयलाई सामान्यभन्दा सामान्य रोगको उपचारका लागि बाहिर जानुपर्ने समस्या अन्त्य भएको उनको भनाइ थियो।

पाल्हीनन्दन गाउँपालिकाले स्थानीय तहमध्यै सबैभन्दा पहिला प्रशासनिक भवन निर्माण गरी सेवा प्रारम्भ गर्ने र १५ शय्याको पालिका स्तरीय अस्पतालको भवन निर्माण गरी सेवा सुरु गर्ने पहिलो गाउँपालिकाको रूपमा आफ्नो तर्फबाट अभिनन्दन गरेको केसीले बताए।

केसीले सोझा साझा नागरिकलाई विरामी परे अस्पताल लैजानुपर्दा एम्बुलेन्स चालकले निजी अस्पतालसँगको मिलेमतोमा तिनै अस्पतालमा पुर्‍याउने गरेको र सरकारी अस्पतालमा नलैजाने गुनासो बढ्दै गएको बताए।

उनले चालकहरूले निजी अस्पतालमा लगेर विरामीको धेरै खर्च गराइदिने र त्यसबापत अस्पतालबाट लाभ लिने गुनासो आए तत्काल त्यस्ता चालकलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए।

प्रदेश सरकारले गरिब तथा विपन्नहरू घातक रोग लागेर आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भनी क्यान्सर, मुटुरोग र मृगौला रोग लागेका विरामीलाई यस अघि उपलब्ध गराउँदै आएको सहयोगमा दुई लाख रुपैयाँ बढाइएको समेत बताएका छन्।

कृषक र उद्योगीलाई अनुदान उपलब्ध गराउँदा त्यसको सही सदुपयोग नभएको जनाउँदै मुख्य मन्त्री केसीले अब प्रदेश सरकारले नै बैंक स्थापना गरेर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइने बताए।

सामुदायिक विद्यालय र निजी विद्यालयमा पढ्ने विद्यार्थीमा देखिएको अन्तर हटाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरिएको उनले दावी गरे। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP