Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सशस्त्रका ११ एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे।

गृहमन्त्रीस्तरको यही मङ्सिर १३ को निर्णयले ११ जना प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए। सोही क्रममा गृहसचिवस्तरको यही १९ गतेको निर्णयले एक जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका अधिकृतलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै उनहरुले राज्य र सङ्गठनमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले बढुवा भएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूर्णव्यावसायिक हुन निर्देशन दिए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थलाई थाँती राख्दै सामूहिक भावनाका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा क्रियाशील रहनुपर्ने बताए।

राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफू मातहतकालाई समेत मार्गदर्शन गर्दै नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा क्रियाशील रहन पनि  निर्देशन दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP