Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रिय सभा चुनाव : आजदेखि १० गतेसम्म दल दर्ताको समय

काठमाण्डाै – राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने भएका छन् ।

आउँदाे फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने चुनावमा भाग लिन चाहने राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने चुनावको तयारी अगाडि बढाएको पनि आयोगले जनाएको छ । यसअघिकै कार्यतालिका र कार्यक्रमअनुसार चुनावको आन्तरिक तयारी अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् । यही पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम पुस २० गते हुनेछ । चुनावमा भाग लिने उम्मेदवारलाई पुस २५ गते चुनाव चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा सदस्य चुनावमा मतदाता प्रदेश सभा सदस्य, पालिका प्रमुख/उपप्रमुख रहनुहुनेछ । चुनावका लागि आयोगलाई अर्थ मन्त्रालयले पाँच करोड ९० लाख रुपैयाँ बजेट छुट्याएकाे छ ।

सूचीसहित:

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP