Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आज हुने विश्व सुन्दरी प्रतियोगिता अनिश्चितकालका लागि स्थगित

काठमाडौं : विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ।  प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि आज हुने भनिएको फिनाले स्थगित भएको हो।  प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन्।

मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितीमा सुधार भए ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ।

सुरुमा सातजना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो। 

आगामी ९० दिनभित्र प्रतियोगिता गर्ने भनिएपनि कोरोना संक्रमणको स्थितीमा सुधार नआए प्रतियोगिता हुन सक्ने छैन्। सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको भाइरस संक्रमण सबैजनामा देखिएपछि केहीलाई आइसोलेसनमा समेत राखिएको थियो। 

सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने भएको छ। नेपालबाट नम्रता श्रेष्ठ त्यहाँ पुगेकी छिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP