Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान् पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले उधौली पर्वको अवसरमा आज सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भू-भागमा ठूलो संख्यामा बसोबास गर्ने किरात समुदायले हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुका वस्तुभाउ लिएर बेँसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ। साथै‚ अन्नबाली भित्र्याइएको खुसीयालीमा उक्त पर्व मनाउने चलन छ। यस पर्वमा परम्परागत भेषभूषा लगाएर किरात दाजुभाइ तथा दिदीबहिनीले सार्वजनकि रुपमा भेला भई परम्परागत एवं मनमोहक साकेला नृत्य तथा गीत प्रस्तुत गर्ने चलन छ।

‘भूमिको श्रद्धासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवानलाई धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थनासमेत गर्ने चलन छ,’ प्रधानमन्त्री देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यसले किरात सम्प्रदायमा आफ्नो मातृभूमिप्रतिको आगाध प्रेम र देशभक्तको भावना रहेको दर्शाउँछ।’ किरातहरू आफूलाई भूमिका सन्तान मान्छन् र यस दिनलाई पवित्र भूमि पूजाका रुपमा पनि लिइने सन्देशमा उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP