Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ढाका जाने महिला तथा पुरुष भलिबल टोलीको विदाई

काठमाडौं : बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली पुरुष तथा महिला दुवै टोली ढाकाका लागि विदाई गरिएको छ। दुवै टोलीलाई नेपाल भलिबल संघले विदाई गरेको हो।

राजधानीमा भलिबल संघले आज (आइतबार) प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीलाई विदाई गरेको हो। ढाकामा पर्सि (मंगलबार) एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता शुरु हुँदैछ। टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव र संघका पदाधिकारीले बिदाई गरे। दुवै टोली सोमबार ढाका प्रस्थान गर्नेछन्।

विदाईपछि पुरुष टोलीका कप्तान इम राना मगरले मेडलका लागि टोलीले प्रतिस्पर्धा गर्ने बताए। पुरुष टोलीमा मानबहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

घरेलु प्रतियोेगितामा उत्कृष्ट प्रदर्शन गरेका मानबहादुरले भलिबलमा पुनरागमन गर्न पाएर राष्ट्रका लागि खेल्न पाउँदा निकै खुसी भएको बताए। श्रेष्ठले बलिया टोलीसँग प्रतिस्पर्धात्मक खेल खेलेर पदक ल्याउन मिहिनेत गर्ने बताए।

यस्तै साविक विजेता महिला टोलीले पनि उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ। कप्तान अरुणा शाहीले विगतको सहभागिताभन्दा राम्रो प्रदर्शन गरेर उपाधि रक्षाका लागि खेल्ने बताइन्। टोलीमा नयाँ र अनुभवी खेलाडीको सम्मिश्रण भएकाले अघिल्लो संस्करणभन्दा राम्रो प्रदर्शन गरेर स्वदेश फर्किने बताइन्।

प्रतियोगिताका लागि महिला टोलीमा निकै हेरफेर गरिएको छ। लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन्। यस्तै शान्ति थारु, कृपा अधिकारी, कामना विस्ट र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका छन्।

डिसेम्बर २१-२९ सम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ५ टोलीले सहभागिता जनाउँदै छन् भने महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहनेछ। यस्तै महिलातर्फ आयोजक बंगलादेश, किर्गिजिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र सहभागी रहनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP