Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

साफ यु-१९ महिला च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

एजेन्सी| – बंगलादेशको ढाकामा भइरहेको यु-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले फाइनलमा पुग्न भारतसँग बराबरी खेल्दा पनि हुने भएपनि भारतसँग १-० ले पराजित भएपछि प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो।

ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा भारतको जितमा ६७ औं मिनेटमा प्रियंका देवीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो।

५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै लिगमा तेस्रो भएको थियो।

नेपालले ४ खेलबाट ७ अंक जोड्यो। बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिपको सुरुवात गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० ले हराएको थियो।

भारतले भने ३ जित निकाल्दै फाइनलमा स्थान बनायो।

भारतसँग नेपालको हारसँगै घरेलु टोली बंगलादेशले फाइनलमा स्थान पक्का गरेको छ।

अब बंगलादेशले अन्तिम खेलमा श्रीलंकाको सामना गर्ने छ। लिग चरणमा भारत र बंगलादेशले खेल्दा घरेलु टोलीले १-० को जित निकालेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP