Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

काठमाडौं : तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ मनाउन नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, तीनओटै प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिहरू क्रमशः जगमान गुरुङ, हरिहर शर्मा र गोपाल चित्रकार, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानका सचिवहरू क्रमशः श्यामप्रकाश तमोट र विपिन घिमिरे एवं सांस्कृतिक संस्थानका अध्यक्ष र महाप्रबन्धक क्रमशः प्रेमनाथ अधिकारी र अशोक प्यासी राई सदस्य तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सचिव प्रा जगत्प्रसाद उपाध्याय ’प्रेक्षित’ सदस्य सचिव रहेको मूल व्यवस्थापन समितिसमेत गठन भएको हो।

प्रतिष्ठानका अनुसार बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ’पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न नेपाल राष्ट्रको एकीकरणमा विभिन्न जनसमुदायको सहभागिता’ विषयक विचार–गोष्ठी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सांस्कृतिक कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ।

बैठकले कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी तुल्याउन नेपाल प्रज्ञा–उक्त बैठकद्वारा यही पुस २५ गते पुस्तक प्रदर्शनी र चित्रकला प्रदर्शनी, पुस २६ गते विचार–गोष्ठी तथा पुस २७ गते बिहान विभिन्न जातीय सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सोही दिन अपराह्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने साथै पुस्तक प्रदर्शनी, विचार–गोष्ठी र शोभायात्राको व्यवस्थापन नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्ने, चित्रकला प्रदर्शनीको व्यवस्थापन ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्ने एवम् सांस्कृतिक कार्यक्रमको व्यवस्थापन सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले गर्नेसम्बन्धी निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP