Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमसीसीकाे बहानामा गठबन्धनलाई ताेड्ने खतरा छ : डा. भट्टराई

काठमाण्डाै – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको छ । आज सोमवार नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई ‘कालो दिन’ को रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको हो । 

देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । सत्ता गठबन्धन भत्काएर नयाँ ढङ्गको प्रतिगमन आउने खतरा रहेको उहाँले दाबी गर्नुभयाे । 

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हामीले ध्यान पुर्‍याउन सकेनाैँ भने, खासगरी एमसीसीको मुद्दामा गठबन्धनका घटकहरूका बीचमा एउटा सहमति जुटाएर हामी अगाडि बढ्न सकेनौँ भने यही बहानामा भित्री र बाहिरी शक्तिहरूले खेलेर गठबन्धन तोडिदिने अनि त्यसपछि फेरि अर्को ढङ्गले प्रतिगमन अगाडि आउने खतरा छ । यतापट्टि हामी सबैको ध्यान आकृष्ट होस् ।’

अध्यक्ष भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आउँदाे चुनावसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताउनुभयो । प्रतिगमनकारीलाई टाउको उठाउनै दिनु नहुने उहाँको तर्क छ । गठबन्धनका दलहरूबीच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनका विरुद्ध एकढिक्का हुनुपर्नेमा उहाँको जोड छ । 

अध्यक्ष भट्टराईले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । उपलब्धिहरू अपूर्ण रहेको उल्लेख गर्दै उहाँले पूर्णता दिँदै जानुपर्ने पनि बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP