Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले जवाफ दिने

हेटौंडा : बागमती प्रदेशको आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको कुराको जवाफ दिने भएका छन्।

एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने,मुख्यमन्त्री पाण्डेले धादिङमा दिएको सार्वजनिक अभिव्यक्तिीबारे माफी माग्नुपर्ने र मन्त्रालय विभाजनको विषय सदनमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै बुधबारको प्रदेशसभा  बैठक अवरुद्ध गरेको गरेको थियो। 

एमालेको प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बैठकको सुरुमै समय माग गरेर बोलेका थिए। उनले बोलिसकेपछि एमालेका सांसदहरुले रोष्टमबाट उठेर बैठक सञ्चालनमा अवरोध गरेपछि सभामुख सानुकुमार  श्रेष्ठले आज बिहिबार बिहान ११ बस्ने गरि बुधबारको बैठक स्थगित गरेका थिए।

एमालेको कारण संसद बैठक अवरुद्व भएपछि मुख्यमन्त्री पाण्डेले आफ्नो दल नेकपा एकीकृत समाजवादीका सांसदहरुसँग छलफल गरेका थिए। एमालेले बैठकमा अवरोध सिर्जना गर्ने पहिले नै चाल पाएपछि प्रदेशसभा भित्र गएका मुख्यमन्त्री बैठकमा प्रवेश नगरि दलको कार्यालयमा नै बसेका थिए। 

सभामुखले बैठक स्थगित गरेपछि आफ्नो दलको सांसदहरुसँग करिव एक घण्टा छलफल गरेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्मा पनि सरकारको मन्त्रिहरुसँग करिव दुईघण्टा छलफल गरेर प्रदेशसभाको बिहिबारको बैठकमा जवाफ दिने निर्णय गरेका हुन्। 

सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामीला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले एमाले संसद निरन्तर अवरुद्व गर्ने मनशायमा रहेको भन्दै  त्यस्तो हुन नदिन मुख्यमन्त्रीले संसदमा जवाफ दिन लागेको बताए। 

उनले भने ‘एमाले सबैतिर संसद अवरुद्व पार्ने मनशायमा छ। निरन्तर रुपमा संसद चल्न नदिने एमालेको योजना छ। तर, त्यस्तो हुन नदिन मुख्यमन्त्रीले आज जवाफ दिनुहुन्छ।’

यता एमालेले भने मुख्यमन्त्रीले संसदमा जवाफ मात्रै दिएर नहुने भन्दै माफी नै माग्नुपर्ने अडान लिएको छ। एमालेको मुख्य सचेतक दीपक निरौलाले मुख्यमन्त्री पाण्डेले आफ्नो दलको कमिटी गठन गरेको स्थानमा मात्रै बजेट विनियोजन गर्ने भनेर दिएको अभिव्यक्तीको बारेमा सदनमा सार्वजनिक रुपमा माफी मागेमा मात्रै सदन चल्न दिने बताए। मुख्यमन्त्रीले सदनमा माफी नमागे बिहिबारको बैठक पनि अवरुद्व गर्ने उनले चेतावनी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP