Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले काठमाडौंको लोगो सार्वजनिक

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको काठमाडौं जिल्ला कमिटीको अधिवेशनको लोगो  सार्वजनिक गरेका छन्।   कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा आयोजित सो कमिटीको मूल व्यवस्थापन समितिको बैठकमा उक्त लोगो सार्वजनिक गरिएको हो।

काठमाडौंका १३८ वडा र ११ नगरका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले मूल व्यवस्थापनअन्तर्गत तयारीका बारे बैठकमा जानकारी गराएका थिए।  एमालेले यही पुस २३ गते सबै जिल्लाको अधिवेशन गर्दैछ।

बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्यहरु कृष्णगोपाल श्रेष्ठ र डा राजन भट्टराई, पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय  सदस्यहरु नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, शान्ति अधिकारी, सरिता न्यौपानेलगायत सहभागी थिए।  

सो कमिटीका सचिव दीपक निरौलाले अधिवेशनले सकेसम्म सहमतिमा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP