Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को  सभापतिमा संस्थापन पक्षका  कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। 

कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ। पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो। मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म खसेको थियो। जसमा तीस मत बदर भएको छ। 

सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित चुनावी मैदानमा उत्रिएको थियो भने  इतर पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको थियो।

 कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP