Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसमा खसआर्य समुदायको वर्चस्व, केन्द्रीय समितिमा ५८ प्रतिशत नयाँ अनुहार

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चुनाव भएको १० दिनपछि बल्ल मतगणना सकिएको छ ।

पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना हिजो सकिएपछि १३५ सदस्यीय केन्द्रीय कार्यसमिति औपचारिक रुपमा बनेको छ । महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवार ४९१ मध्येबाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारी र ११९ सदस्य गरी १३२ जनालाई निर्वाचित गरेका हुन् ।

प्रदेश-२ बाट आनन्द्रप्रसाद ढुंगाना र रमेश रिजाल भने सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भए । विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्नु भएकाे छ ।यसरी महाधिवेशनबाट १३५ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ ।

कांग्रेसले समानुपातिक समावेशी सिद्धान्तको उच्चतम अभ्यास गरेको भने पनि केन्द्रीय समितिमा खसआर्य समुदायको वर्चस्व देखिएको छ । समितिका १३५ जनामध्ये ७७ जना खस आर्य समुदायका छन् । केन्द्रीय समितिमा पुरुष ९४ जना र महिला ४१ छन् । अब सभापति शेरबहादुर देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनुहुनेछ।

यस्तै, धेरै जसो पुरानै अनुहार दोहोरिँदा पनि केन्द्रीय समितिमा ५८ प्रतिशत नयाँ अनुहार अटाएका छन् । १३५ सदस्यीय वर्तमान केन्द्रीय समितिमध्ये ७९ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् ।

यसैबीच, सभापतिमा  निर्वाचित शेरबहादुर देउवाले आज दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै हुनुहुन्छ ।  

नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई केन्द्रीय निर्वाचन समितिले आजै प्रमाणपत्र हस्तान्तरण गर्ने जनाएको छ । कांग्रेसको नवनिर्वाचित कार्यसमितिको  पहिलो बैठक भोलि बस्ने छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP