Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जन्ममिति नसच्याएको न्यायाधीश खड्काको स्पष्टोक्ति

काठमाडौँ : सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति नसच्याएको स्पष्ट पारेकी छन्। न्यायाधीश खड्काले आज प्रेस विज्ञप्ति जारी गरी न्याय परिषद्‌द्वारा राखिएको शैक्षिक प्रमाणपत्र समेतका अभिलेखमा आफ्नो जन्ममितिको पूर्ण र यथार्थ विवरण भएको उल्लेख गरेकी छन्।

‘न्यायपरिषद्‌द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेत अभिलेखमा मेरो जन्ममितिको पूर्ण र यथार्थ विवरण उल्लेख भएको छ’, न्यायाधीश खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएकी पनि छैन। तसर्थ मेरो जन्ममिति फरकफरक रहेको भनी निराधार शङ्का गरी प्रकाशन गरिएको समाचार भ्रामक, असत्य र व्यक्तिगत पूर्वाग्रहपूर्ण छ भन्ने तथ्य प्रष्ट पार्न चाहन्छु।’

एसएलसीलगायत आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रमा जन्ममिति विसं २०१४ जेठ २ गते भन्ने नै उल्लेख भएको र शाखा अधिकृत पदमा न्यायसेवामा प्रवेश गरेपछि २०३९ सालमा आफूले भरेको निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) फारममा पनि सोही नै रहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘बीचका केही वर्षमा न्यायपरिषद् बुलेटिन प्रकाशित हुँदा त्रुटिवश मेरो जन्ममिति २०१३।१०।२८ उल्लेख हुन गए पनि परिषद् आफैले सो त्रुटि सच्याई २०७१ सालदेखि हाल २०७८ साल पुस ३ गतेसम्म प्रकाशित न्यायपरिषद् बुलेटिनमा पनि मेरो वास्तविक जन्ममिति २०१४।२।२ भनी उल्लेख गरिएकाले मेरो जन्ममितिको सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनुपर्ने कारण छैन।’

न्यायपरिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको न्यायाधीश खड्काको भनाइ छ।

उनले आफूले दुईवटा नागरिकता नलिएको र नागरिकताको प्रतिलिपि समेत नलिएको स्पष्ट पारेकी छन्। 

न्यायाधीश खड्काले दुई मितिमा २०१३ माघ २८ र २०१४ जेठ २ मा दुईवटा नागरिकता लिएको भन्ने सार्वजनिक भएको थियो। तर अघिल्लो मिति न्यायपरिषद्को बुलेटिनमा त्रुटिवश हुन गएको र आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्रमा २०१४ साल जेठ २ नै रहेको उनले प्रष्ट पारेकी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP