Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

माओवादी केन्द्रले प्रतिनिधिको टुंगो लगायो, १० प्रतिशत मनोनयनको जिम्मा प्रचण्डलाई

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका एक हजार ४८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्षले गर्ने जानकारी दिए।

‘बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको छ’, प्रवक्ता महराले बैठकपछि भने, ‘यसअघि पाँच प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्‍याइएको हो।’ १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन्। माओवादीले यसअघि सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या एक सय ६ सय आठ हुने भएको छ।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजमाथि शनिबार बस्ने बैठकमा छलफल हुने महराले बताए। माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौंमा हुँदैछ।

पुनः बहुपदीय प्रणालीमा जाने प्रस्ताव

यस्तै केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्किने भएको छ। हाल कायम रहेको एक सय ७९ केन्द्रीय कमिटीमा एक सय २० जना थपेर नयाँ संरचनामा जान लागेको हो।

सम्मेलनबाट आउने २ सय ९९ केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाइएको छ।

देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले १५ पदाधिकारीको संख्याको सिफारिस गरेपछि माओवादी पुनः बहुपदीयमा प्रणालीमा जान लागेको हो।

१२४ केन्द्रीय सदस्य खुल्ला प्रतिस्पर्धाबाट आउने भए पनि दलित समुदायबाट ४५ जना, युवा ४८, मुस्लिम १५ जनालगायतको आरक्षण कोटा तय गरिसकेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP