
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६-३ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता फराकिलो पार्दै लगेको छ। उसले दोस्रो स्थानको लिभरपुलभन्दा ६ अंकको अग्रता बनाएको हो।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा दुबै टिमले गोल वर्षा गरेका थिए। सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुयन, रियाद महारेज, इल्केए गुन्डोगान र एमेरिक लापोर्टेले समान १-१ गोल गरे। लेस्टरका जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले समान एक गोल गरेपनि टिमको हार टार्न सकेन।
खेलको २५ मिनेटमा नै सिटीले ४-० को सहज अग्रता लिएको थियो। तर‚ दोस्रो हाफमा लेस्टरले पनि सोही गतिमा गोल फर्कायो। उसले ५५ देखि ६५ मिनेट बीचमा तीन गोल फर्कायो। त्यसपछि पनि गोल वर्षा रोकिएन। सिटीले थप दुई गोल गर्दै सहज रुपमा खेल ६-३ गोल अन्तरले आफनो पक्षमा पार्यो।
जितसँगै शीर्षस्थानमा रहेको सिटीको १९ खेलबाट ४७ अंक बनाएको छ। एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ। पराजित लेस्टर २२ अंक जोडेर १०औं स्थानमा झरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया