पाँचौं स्थानमा उक्लियो टोटेनह्याम, आर्सनलको सहज जित


एजेन्सी
। इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको टोटेनह्याम हट्सपुर क्रिष्टल प्यालेसलाई ३-० ले पराजित गर्दै लिग अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। उसले म्यानचेस्टर युनाइटेड र वेस्टह्यामलाई पछि पार्दै अंक तालिका सुधार गरेको हो।

अर्को खेलमा आर्सनलले भने शीर्ष चारमा अग्रता फराकिलो बनायो। रेलिगेशन जोनमा रहेको नर्विच सिटीमाथि ५-० को एक पक्षीय नतिजा निकालेको थियो।

आइतबार भएको खेलमा टोटेनह्यामले दुई मिनेटको अन्तरमा दुई गोल गर्दा पहिलो गोल ३३ औं मिनेटमा हेरि केनले गरेका थिए। उनले लुकास मौराको पासलाई सदुपयोग गर्दा ३४ औं मिनेटमा लुका मौराले टिमको अग्रता दोब्बर बनाए। टोटेनह्यामका लागि तेस्रो गोल भने ७४ औं मिनेटमा सन ह्युङ मिनले गरे।

त्यसअघि क्रिस्टल प्यालेस पहिलो हाफको ३७ औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो। विलफ्राइड जाहा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएसँगै क्रिस्टल प्यालेस दबाबमा परेको थियो।

जितसँगै टोटेनह्यामले १६ खेलबाट २९ अंक बनाएको छ। उसले समान खेल खेलेको म्यानचेस्टर युनाइटेड (२७ अंक) र  १८ खेल खेलेको वेस्टह्याम (२८ अकं)लाई पछि पारेको हो।

नर्विचको पोस्टमा आर्सनलको पाँच गोल

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार नै भएको खेलमा आर्सनलले नर्विच सिटीमाथि ५-० को एक पक्षीय जित निकालेको छ। छैटौं मिनेटमै बुक्यायो सकाको गोलमा अग्रता लिएको आर्सनलले पहिलो हाफमा २ गोलको अग्रता बनाउनेल क्रममा ४४ औं मिनेटमा दोस्रो गोल गरेको थियो।

केइरन टाएर्नीले पहिलो हाफमा अग्रता दोब्बर पार्दा साकालेनै ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। अलेक्जेन्डर लकाटेले पेनल्टीमार्फत ८४ औं मिनेटमा टिमको अग्रता ४-० मा पुर्‍याउँदा सेमिथ रोएले अतिरिक्त समयमा टिमका लागि पाँचौ गोल गर्दै रेलिगेशन जोनमा रहेको नर्विचमाथि एकपछिय जित निकाले।

जितसँगै आर्सनलल चौंथो स्थानमा पाँचौ स्थानको टोटेनह्यामसँग स्पष्ट ६ अंकको अग्रता बनायो। आर्सनल १९ खेलबाट ३५ अंक बनाउन सफल भएको छ। १६ खेल मात्र खेलेको टोटेनह्यामको २९ अंक छ।

आइतबार नै भएका अन्य खेलमा ब्राइटनले ब्रेन्टफोर्डलाई २-० तथा साउथ ह्यामले वेस्ट ह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP