Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानन्यायाधीशका परिवारको सम्पत्ति छानबिन गर्ने प्रक्रिया सुरु

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउने भएको छ।

विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउन तयारी गरेको हो। विभागका सूचना अधिकारी विनोदकुमार दाहालले प्रधानन्यायाधीशको परिवारका सदस्य तथा आफन्तको सम्पति छानबिन गर्ने प्रक्रिया हिजोदेखि नै सुरु भएको जानकारी दिए।

‘पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न मिल्दैन तथा उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा पर्दैन’ दाहालले भने,‘उजुरी परेकै दिनदेखि अनुसन्धानको प्रक्रिया सुरु भइसकेको छ।’ उ

उनले राणाको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्ने जानकारी दिए। त्यसका लागि अनुसन्धान अधिकृत तोक्ने तयारी भइरहेको पनि दाहालले बताए। दाहालका अनुसार जग्गा किनबेचको विवरण हेर्न विभागले मालपोत कार्यालयलाई तथा बैंकहरूको कारोबार तथा मौज्दात हेर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको छ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा.गोविन्द केसीले प्रधानन्यायाधीश राणा, उनकी श्रीमती, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार विभागमा उजुरी दिएका थिए।

राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारीलगायतको पनि सम्पत्ति छानबिन गर्न उजुरीमा केसीले माग गरेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP