Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जाडो भगाउन जाँड रक्सी खाँदा हृदयघातको जोखिम, जान सक्छ ज्यान

काठमाण्डाै – चिसो समयमा बालबालिका तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा असर पर्ने भएकाले विशेष ख्याल गर्न डाक्टरको सुझाव छ ।

चिसोमा दम, मुटु तथा फोक्सो सम्बन्धी समस्या भएका दीर्घ रोगीलाई जोखिम धेरै हुने भएकाले उनीहरुलाई चिसोबाट जोगाउन डाक्टरले सुझाव दिएका हुन् ।

चिसोको समयमा तातो न्यानो हुन हिटर तथा कोइला बाल्नुको साटो न्यानो कपडा लगाउन र तातो पानीसहित गेडागुडीका रस, दाल जस्ता झोलिलो पदार्थ खान डाक्टर दिपेन्द्र कार्कीको सुझाव छ  ।

आगो तथा हिटर र कोइला बाल्नै पर्ने छ भने कोठा भित्र नबाली खुला ठाउँमा बाल्न र खुल्ला ठाउँ नभए कोठाको झ्याल ढोका खोलेर मात्र बाल्न पनि डाक्टरको सुझाव छ । यस्तै, जाडोमा मुटु रोगसम्बन्धी जोखिम धेरै हुने भएकाले खानपानमा ध्यान दिन फोक्सो तथा मुटु शल्य चिकित्सक डाक्टर सम्पूर्णमान तुलाधरको सल्लाह छ ।

उहाँकाअनुसार रक्तचाप कहिले धेरै र कहिले कम हुने समस्या जाडोमा हुने भएकाले गर्मीको तुलनामा जाडोमा मुटु सम्बन्धी जोखिम बढी हुन्छ । यस्तै, चिसोका कारण शरीरमा उत्पन्न हुने हर्मोनले मुटुको चाल वा धड्कन बढाउने भएकाले मुटु भित्रका नलीमा रक्त सञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिने उहाँले बताउनुभयो ।

यसबाट जोगिन चिसोमा सकेसम्म घर बाहिर हिडँडुल गर्नुहुँदैन र  चुरोट तथा जाँड रक्सी खानु हुँदैन । जाडो छल्न चुरोट तथा जाँड रक्सी खाँदा ज्यानै समेत जाने जोखिम हुने डाक्टर तुलाधरले बताउनुभयो ।

जाँड रक्सी खाँदा शरीरलाई तातो न्यानो भएको भान हुन्छ । यसले गर्दा उनीहरुले न्यानो कपडा लगाउँदैनन् । तर, जाँड रक्सीले न्यानो बनाएको जस्तो भए पनि शरीर चिसो नै हुने भएकाले हृदयघातको जोखिम धेरै हुने डाक्टर तुलाधरको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP