
काठमाडौं । उज्वेकिस्तानलाई पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नेपालले मंगलबार भएको फाइनलमा उज्बेकिस्तामाथि ३–२ सेटले जित निकाल्दै लगातार प्रतियोगिताको उपाधि उचालेको थियो ।
लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपाली टोलीका खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख दिने निर्णय भएको हो । नेपाली टोली भोलि स्वदेश फर्कँदै छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया