कपिलवस्तुमा १० गोरु मृतसहित ट्रक प्रहरीको नियन्त्रणमा

राम प्रघट कोरी,

विजयनगर

कपिलवस्तुको शिवराज नगरपालिकाबाट १० गोरु मृतसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिकाको वडा नं. १ बनकसबासाबाट मृत गोरु ट्रकमा लोड भएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

ना ४ ख २९८४ नम्बरको ट्रकमा एउटा गोरु जिउँदो र १० वटा मरेको प्रहरीले जनाएको छ । भेटनरीले चैत्र १३ गते चलानी गरेको र पशु क्वारेन्टाइनले छाप लगाएको रसिदसँगै रहेको जनाएको छ ।

सरकारले लक डाउन गरेको अवस्थामा लैजान नसकेर र ट्रकमा गोरु ओभर लोड भएको कारण च्यापिएर १० गोरु मरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । विजयनगर गाउँपालिकाको वडा नं. ४ बरगदवामा भन्ने ठाउँमा जिउँदोलाई झारी मरेको गोरुलाई गाड्ने क्रममा स्थानीयले देखेपछि लखेटेका थिए । तस्करले ट्रक लिएर सुन्दरीडाँडा, तुरुन्तपुरु, शिवपुर हँुदै भागेको ट्रकलाई बनकसवासाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

यता स्थानीयवासीलाई सम्पर्क गर्दा प्रहरी चौकी जगदीशपुरको मिलोमतोमा मरेको गोरुलाई गाड्न लागेको बताएका छन् । जगदीपुरबाटै जेसीवी ल्याई गाड्न लागेको र स्थानीयले गाड्न नदिएपछि विवाद उत्पन्न भएको थियो । विवादपछि ट्रक लिएर भागेको बताएका छन् ।

विगत केही महिनादेखि यो ठाउँलाई ओसारपोसारको केन्द्र बनाएको एक स्थानीयका अनुसार खुल्न आएको छ । यता इलाका प्रहरी कार्यालय गणेशपुरलाई सम्पर्क गर्दा प्रहरीको केही संगग्नता नरहेको र थाहा पाउने वित्तिकै घटना स्थलमै पुगी नियन्त्रणमा लिएको कारवाहीका लािग पशु सम्बन्धी कसूर अन्तर्गत मुद्धा चलाइने गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो । बाराको निजगढ बस्ने चालक कमल मगरले दाङको तुल्सीपुरबाट हेटौँडा लैजान लागेको बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP