ए डिभिजन लिग : मछिन्द्रलाई पुलिसको चुनौति

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुदैछ। 

लिगको सातौं चरण अन्तर्गत आज एक मात्र खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ।

उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्वपूर्ण रहेको छ।

एएफसीकप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ। मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। 

मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP