Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लुम्बिनीमा नयाँ वर्ष मनाउनेको घुइँचो, शनिबार १२ हजार बढी पर्यटक भित्रिए

लुम्बिनी ।

लुम्बिनीमा अंग्रेजी नयाँ वर्ष सन् २०२२ मनाउन आउनेको घुइँचो लागेको छ । शनिबार लुम्बिनीको मुख्य प्रवेश द्वार ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ७ सय मिटरमा सर्वसाधारणको भीड थियो । मायादेवी मन्दिर दर्शन गर्नेको पनि लामो लाइन थियो ।

शनिबार मात्रै १२ हजारभन्दा बढी पर्यटकले मायादेवी मन्दिर अवलोकन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । मन्दिर प्रवेशमा भीडका कारण केही पयर्टक बाहिरफेर घुमेर फर्किएको उनले सुनाए । कठ्याग्रिँदो चिसो भए पनि शनिबार बिहानदेखि अबर रातीसम्मै घुम्नेको भीड थियो । ‘चिसोले निकै सकस भएको थियो,’ दाङबाट आएका राजेन्द्र भुसालले भने, ‘तर, यहाँको वातावरणले दुःखकष्ट सबै भुलायो ।’

मायादेवी मन्दिर प्रवेशमा कोषले शुल्क लिए पनि गेटमा न सेनिटाइजर थियो, न त ज्वरो नाप्ने व्यवस्था नै । ‘नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेकाले सतर्कता अपनाउनुपर्ने हो,’ पथ प्रदर्शक प्रह्लाद यादवले भने । घुम्न आउनेको चापले व्यापार राम्रो भएको लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणी शर्माले बताए ।

तस्बिरः मनोज पौडेल

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP