मदरसा बोर्ड प्रदेश नम्बर ५ उपाध्यक्ष मौलाना मसहूदको अगुवाईमा मास्क वितरण

अजय मिश्र, कृष्णनगर

कोरोना भाइरस विश्व भरिमा महामारी को रूप लिएको छ भने कतिपय देशमा यस भाइरस बाट ज्यान समेत गुमाएका छन त कतिपै देशमा यस रोग बाट मानिसहरु को उपचार पनि भइ रहेको छ।

यो सबै मध्य नजर गरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा नगर अध्यक्ष जावेद आलम खां र मदरसा बोर्ड प्रदेश नम्बर ५ उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा मास्क वितरण गरिएको छ।

कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा र वडा नं ११ पटना गाउँमा माक्स वितरण गरिएको छ र सम्पूर्ण व्यक्तिलाई नेपाल सरकार को निर्देशन पालना गर्न समेत आग्रह गरे।

हेरा एजुकेशनल एन्ड वेल्फेर सोसाइटी का उपाध्यक्ष शेख अरसद मक्की,शेख जैस मक्की, कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सगीर अहमद खान समेत को सहयोग मा उक्त मास्क वितरण गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP