पोखरीमा डुबेर कपिलवस्तुमा एकै घरका २ भाईको मृत्यु

पूजा गुप्ता

कपिलवस्तु,

पोखरी किनारमा खेल्दै गर्दा एकै घरका २ जना दाजु भाईको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. ८ पुर्व वेलहवा तबरेज धुनियाका १२ वर्षीय छोरा सलमान धुनिया र उनका भाई १० वर्षीय अरमान धुनिया रहेका छन् । मृतक दुई भाईका शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

पोखरी छेउमा खेल्दै गर्दा भाई अरमान पोखरीमा डुबे पछि भाईलार्ई बचाउन खोज्दा दाजु सलमान पनि डुबेको हुन सक्ने स्थानीय शारुल्लाह मुसलमानले बताए । पोखरी किनारमा ब्याक हु लोडरले गहिरो गरी खनेको र पोखरीको सो स्थान गहिरो रहेको स्थानीयले बताएका छन् ।

मृतक दुई भाईको शव पोखरी किनारमा भासिएको अवस्थामा थियो । गाउंलेहरु आएर केही बेर खोजे पछि मात्रै भासिएर जमिन मुनी गडेको अवस्थामा दुई भाईको शव निकालेका थिए । गाउंका २ बालकहरुको मृत्युको खबरले कपिलवस्तु नगरपालिका वडा नं. ८ को पुर्वी वेलहवा गाउं शोकमा डुबेको छ ।

शोकको यस घडीमा आफ्नो पूर्ण सहानुभति रहेको र मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जन प्रति वडा अध्यक्ष शिव प्रसाद पाण्डेयले समवेदना प्रकट गरेका छन् । पिडित परिवारजन प्रति आफुले सक्दो सहयोग गर्ने वडा अध्यक्ष पाण्डेयले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP