Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सार्वजनिक सम्पत्तिको संरक्षण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापन

काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ।

शुक्रबार युवा संघले मन्त्रालयमा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउँदै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरवार संग्राहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरेर स्थायी संरचना बनाइरहेकोले यो स्वीकार्य हुन नसक्ने बताए।

उनले भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यवसायिक प्रयोजनको लागि भाडामा दिने कुरा लज्जाको विषय भएको बताए।

अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भएपनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दूर्लभ सम्पदाहरुको विनाश गरिएको बताए।

ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न तथा मन्त्रालय अन्तर्गत भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानबिन गर्न पनि माग गरिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP