Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौँ चरण अन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रङ्गशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अङ्कतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अङ्क छ । समान खेलमा तीन अङ्क मात्रै रहेको फ्रेन्ड्स पुछारमा छ ।

यस्तै पोखरा रङ्गशालामा दिउँसो दुई बजे मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब  खेल्दैछन् । मनाङ अङ्क तालिकाको दोस्रो स्थानमा छ । उसको ७ खेलमा १६ अङ्क छ । च्यासल ७ खेलमा पाँच अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

दशरथ रङ्गशालामा आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । सातौँ स्थानमा रहेको एनआरटीको ७ खेलमा १० अङ्क छ । समान खेलमा ११ अङ्क रहेको त्रिभुवन आर्मी अङ्कतालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP