Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वामपन्थी नेता जोशीको ‘मार्क्सवाद र विश्व-कम्युनिस्ट आन्दोलन’ सार्वजनिक

काठमाडौं :  वामपन्थी नेता चन्द्रदेव जोशीको पुस्तक ‘मार्क्सवाद र विश्व-कम्युनिस्ट आन्दोलन’ लोकार्पण भएको छ।

प्रमुख अतिथि पूर्वराष्ट्रपति रामवरण यादव, विशिष्ट अतिथि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुस्तक लोकार्पण गरेका हुन्।

वि सं १९९५ असार ९ गते सुदूरपश्चिमको दार्चुलामा जन्मिएका जोशी अग्रणी कम्युनिष्ट नेतामा पर्छन्।

वि सं २०१४ सालमा नेपाली कांग्रेसबाट राजनीति सुरू गरेका उनी वि सं २०२२ देखि नेपाल कम्युनिष्ट पार्टीमा निष्ठापूर्वक सक्रिय छन्।

वि सं २०६४ मा नेकपा संयुक्तको पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत बनेका उनी बाबुराम भट्टराईको सरकारमा भूमिसुधार मन्त्री भएका थिए।

यद्यपि तत्कालीन सरकारको अमिल्दो नीति, कार्य पद्धति तथा संविधानसभा भंग गरेको भन्दै १ सय २० दिनमै उनले राजीनामा दिएका दिए।

राजनीतिबाहेक मार्क्सवाद, दर्शनशास्त्र र साहित्यको गहन अध्येताको परिचय बनाएका उनको ‘चिप्लिँदै गएका वर्षहरू’  कविता सङ्ग्रह तथा ‘यात्रा आफ्नै आँगनको’ काव्य प्रकाशित छ।

साथै उनका केही कहानीहरू र समसामयिक विषयमा लेखिएका अखबारी लेखहरू राष्ट्रिय दैनिकहरूमा प्रकाशित छन्।

निष्ठाको राजनीतिमा आफूलाई सतिसालझैँ सावित गरेका जोशीको यो पुस्तकमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको विस्तृत चर्चा गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP