Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी हुन्न : मन्त्री आले

बुटवल । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी नहुने बताउनु भएको छ । आज शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि त्यहाँ पुग्नु भएका मन्त्री आलेले भगवान गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएकाले यसका विकासका लागि सबै सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताउनुभयो ।

‘शान्ति दूत भगवान गौतमबुद्ध जन्मिनु भएको र उहाँकै नामबाट देश विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन’, उहाँले भन्नुभयो, ‘यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनु होला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गराउनु मेरो दायित्व हुनेछ ।’


लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको काम समयमै सम्पन्न गरिसक्न समेत मन्त्री आलेले निर्माण व्यवसायीहरुसँग आग्रह गर्नु भएको छ । लुम्बिनी क्षेत्रमा निर्माण गरिने सबै संरचनाहरु गुणस्तरयुक्त हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

लुम्बिनी विकास कोष अन्तर्गत रहेको ११ सय ५५ बिगाहा जमिनमा भौतिक संरचना निर्माण भइसकेका छन् । योजना अनुसार ८१ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै बाँकी काम चाँडै टेण्टर प्रक्रियाबाट सुरु गराउन समेत लुम्बिनी विकास कोषका पदाधिकारीलाई मन्त्री आलेले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP