Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र, मनाङ र आर्मीलाई सफलता

काठमाडौं : साविक विजेता मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिज लिग अन्तर्गत शनिबारको खेलमा जित निकालेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एएफसी छनोट कपमा योग्य भइसकेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्समाथि १-० को जित निकाल्दा पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई ५-० ले हराउँदा शनिबार सुखद नतिजा निकालेका हुन्।

यस्तै दशरथ रंगशालामा नै भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्यूरोड टिम (एनआरटी)लाई १-० ले हराएको छ। शीर्ष स्थानमा रहेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्सविरुद्ध अंक खोस्न आत्मघाटी गोल कुर्नुपर्‍यो।

सुरुआतबाट नै दबाब दिएर खेलेको मच्छिन्द्रले केही अवसर पाए पनि सदुपयोग गर्न असफल भएको थियो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा मच्छिन्द्रले दोस्रो हाफमा अग्रता पाएको थियो।

६८औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेपछि पाएको अग्रता नै मच्छिन्द्रका लागि पर्याप्त बनेको थियो। मछिन्द्रका कप्तान सुजल श्रेष्ठको क्रसमा शशीलकुमार थापाले हेड गरेपछि प्राप्त बल क्लियर गर्ने क्रममा रोनिलले आफ्नै पोस्टमा गोल गरेका थिए।

जितसँगै मछिन्द्रले ८ खेल २० अंक जोडेको छ। मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ। फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा छ। फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टोली यथावत छ।

पोखरा रंगशालामा च्यासल युथ क्लबलाई पराजित गर्ने क्रममा मनाङ मर्स्याङदीले गोलको बर्षा नै ग¥यो। च्यासल युथ क्लबमाथि ५-० फराकिलो जित निकालेको हो। तालिकाको दोस्रो स्थानमा रहेको मनाङले ठूलो अन्तरले हराउने क्रममा आफिज ओलावालेले ह्याट्रिक गोल गरे।

यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक-एक गोल गरे। मनाङले पहिलो हाफमै दुई गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गरेको थियो।

पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङले यस सिजन तीन खेल खेलेको हो। जसमा मनाङ तीनै खेलमा सुखद नतिजा निकाल्दै उपाधि होडलाई कायमै राखेको छ। मनाङले यस अघि नेपाल पुलिस र ब्रिगेड ब्वाइजलाई पोखरा रंगशालामा हराएको थियो।

जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ। मनाङ दोस्रो स्थानमा यथावत छ।  च्यासलले ८ खेलमा ५ अंक जोडेको छ। च्यासल लिगको १३ औं स्थानमा छ। उपाधि होडलाई कायम राख्न जित्नै पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीले सुरुआतबाट नै एनआरटीलाई दबाबमा राखेको थियो।

सोही क्रममा आर्मीलाई जित दिलाउन दिनेश हेन्जनले गरेको निर्णायक भएको थियो। दिनेशले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई जित दिलाएका हुन्।

जगजित श्रेष्ठको क्रसमा अनमार्क रहेका दिनेशले हेडर मार्फत जाली चुमाउन सफल भएका थिए। यस जितसँगै आर्मीले ८ खेलमा १४ अंक जोडेको छ। लिगमा अपराजित आर्मी लिगको चौथो स्थानमा रहेको छ।

यस्तै एनआरटीले ८ खेलमा १० अंक जोडेको छ। एनआरटी सातौं स्थानमा रहेको छ। लिगमा आइतबार एक मात्र खेल थ्री स्टार क्लब र हिमालयन शेर्पाबीच दशरथ रंगशालामा हुनेछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP