Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

धनुषा – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको सफल परीक्षण गरिएको छ ।  भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला हिजाे लामो समयसम्म थन्किएको रेलको परीक्षण गरिएको हो ।

भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट २०७७ साल असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ । पार्किङ गरी राखिएका रेलको आज परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायत टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको रेल्वे लिकमा रेलको परीक्षण गरिएको छ । 

रेलको सफल परीक्षण पश्चात नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले छिट्टै रेल सेवा सञ्चालको तयारी भइरहेको बताउनुभयो ।’अहिले न्यूनतम आवश्यकताका आधारमा ६० कर्मचारीलाई नियुक्त गरी रेल चलाउने तयारी गरेका छौँ’, महाप्रबन्धक झाले भन्नुभयो,’नियुक्त भएका कर्मचारीको तालिम साेमवार सञ्चालन गर्नेछौँ, तालिम दिएर ती कर्मचारीलाई काममा परिचालन गरिने छौँ ।’ यसबाहेक रेल सञ्चालनका लागि भारतीय पक्षबाट समेत २४ मध्ये १४ कर्मचारी आइसकेको उहाँले बताउनुभयो ।

उद्घाटनपछि तत्कालका लागि दिनमा एकपटक आउने र एकपटक जाने गरी रेल चलाउने तयारी भइरहेको जानकारी दिँदै महाप्रबन्धक झाले १५ दिनपछि यात्रुको चाप र आवश्यकताअनुसार दिनमा दुई/तीन पटकसम्म पनि रेल चलाउन सकिने बताउनुभयो ।

रेल्वे लिकमा रहेका क्लीप चोरी भइरहेको र अझै पनि ठाउँठाउँमा रेल्वे लिकमै हाट बजार लगाउने गरेकाले रेल सञ्चालनमा कठिनाइ हुन सक्ने जनाउँदै उहाँले यसमा सबै पक्ष सचेत भएर सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताउनुभयो।

यसअघि गएकाे मङ्गलवार मात्र भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोंकण) का कार्यकारी निर्देशक डा मनोज सिंह नेतृत्वको टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधारको निरीक्षण गरेको थियो।

भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालनमा आउन नसकेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । वर्षौँदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर यात्रा गर्न पाउने धोको बोकेका नागरिक यतिबेला रेल चल्ने प्रतिक्षामा बसिरहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP