Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन खोज्नेसँग कुनै नाता छैन : ओली

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको बताएका छन्।

भद्रपुरस्थित सहिद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्र सेवक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘सञ्चारमाध्यममा बोलाएर अन्तरवार्ता दिन लगाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाउनु ?, मेरो त छोराछोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने ज्वाइँ र छोरासँग बिहे बुहारी त हुन्छ नि। यस्तो कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्नु र मेरो ज्वाइँ भने नि किन दिनु त सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाउन ठेक्का ?’ ओलीले थपे।

बतासले ससुराली झापा भएका कारण ओलीले आफूलाई ज्वाइँ भनेर सम्मान गर्ने गरेको मिडियालाई बताएका थिए। ‘एक सय २० कोष निल्न सक्ने भगवान् हनुमान भन्दा पनि ठूलो एक सय ८० कोष भएका मुख बाउनेहरूले देखीदेखी नारायणहिटी निल्न खोज्यो,’ उनले भने, ‘जनताले कराउन थालेपछि हतारहतार त्यो भत्काउन लगाइयो।’ नेकपा एमाले देशमा चुनाव पर्खिरहेको भन्दै जनादेशबाट परमादेश भएको यो सरकार ‘म्यादी सरकार’ भएको टिप्पणी ओलीले गरे।

‘अब चुनावबाट स्वच्छ र विकसित सरकार एमालेले बनाउँछ र जनताले मतदान गरी सत्तामा पुर्याउँछ,’ उनले भने। निजामती कर्मचारीको विषयमा उनले भने, ‘राष्ट्र सेवक कर्मचारीहरू गैरकानुनी, अधिनायकवादी, लोकतन्त्रविरुद्ध क्रियाकलाप गरिरहेका छन्, त्यस्तो काम नगर्नुहोस् मेरो आग्रह छ। राष्ट्रसेवक कर्मचारी जनताप्रति बफादार भई काम गर्नुपर्ने हुन्छ, भ्रष्टाचार होइन, देश बनाउने अभियानमा जुट्नुहोस्, हामी देश बनाउने अभियानमा छौँ।’

सरकारलाई असहयोग गर्ने काम निजामती कर्मचारीले कहिले गर्न नहुँने भन्दै ओलीले त्यो लोकतन्त्रमा शोभनिए हुने भएकाले त्यसको अन्त्य गर्न सुझाए। ओलीले कमल गाउँपालिका-७ स्थित गेउरियामा निर्माणाधीन आयुर्वेदिक औषधालयको निरीक्षण, तोपगाछी खानेपानी आयोजनाको निरीक्षण र झिलझिले स्थित वाटर किङडम पार्कको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP