
सुर्य गुरुङ्ग, कपिलवस्तु । सुर्यमुखी खेल मेलाको तेस्रो दिन २ खेल समपन्न भएको छ। सुर्यमुखी युवा क्लबको आयोजना र शिवराज ९वडाको सह आयोजनामा भइरहेको २१ औ सुर्यमुखी खेल मेलाको तेस्रो दिन् खेल मैदान पर्तापुरमा दुई खेल समपन्न भएको छ ।
पहिलो खेल ११ बजे शिवगढी स्पोर्टिङ तुरुन्तपुर र जागृति युवा क्लब पुर्वरहतकोल बीच भएको थियोे उक्त खेलमा शिवगढी स्पोर्टिङ पेनाल्टीमा ३ को विरुद्ध ४ गोल गरेर बिजयी भएको छ । कडा प्रतिस्पर्धा भएको खेलमा स्पोर्टिङले पहिलो हाफको ३३ औ मिनेटमा १ गोल गरेर लिएको अग्रता दोस्रो हाफको ६० मिनेटमा जागृति तोडे पछी खेल पेनाल्टीमा पुगेको हो ।
दोस्रो खेल शिवशक्ती युवा क्लब शिवपुर र स्पोर्टिङ बिजयनगर बिच भएको थियो निर्धारित समयमा दुवै टिम बाट स्कोर हुन नसके पछी खेल पेनाल्टी मार्फत छिनोफानो गरिएको हो पेनाल्टीमा स्पोर्टिङ बिजयनगरलाई २ को विरुद्ध ४ गोल गरेर शिवशक्ती बिजयी भएको छ ।
सोमबार ११ बजे जन आदर्श शिवपुर र ४ न भटनी २ बजे राईजिङ्ग स्टार चन्द्रौटा र साईनिङ्ग स्टार बीच हुने आयोजकले जानकारी दिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया